ठेक्का सम्झौता म्याद सकिएको २ बर्ष वित्यो : विद्युत वलेन
कैलालीको घोडाघोडी नगरपालिकाका ४ वडा गौरीगंगा नगरपालिकाको १ वडा र कैलारी गाउँपालिकाको एउटा वडामा अझै विद्युतीकरण हुनसकेको छैन । स्थानियले विद्युत वाल्नका लागी २०६९ सालमै रुपैयाँ उठाएको भएपनि रुपैया उठाएको ६ वर्ष वितिसक्दा सम्म पनि विजुली वल्न नसकेको हो। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ४, ५, ७ , र ९ गौरीगंगा नगरपालिकाको ११ नं. वडा र कैलारी गाउँपालिकाको ८ नं. वडाका वासिन्दाहरु अझै अन्धकारमा वस्न वाध्य भएका छन । विद्युत विस्तार गर्नका लागि २०६९ सालमा त्यँहाका प्रत्येक परिवारले १ हजार ५ सय रुपैयाँका दरले रुपैयाँ उठाएर घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थालाई वुझाएका थिए । तर रुपैयाँ उठाएको ६ वर्ष वितिसक्दा सम्म गाउँमा विद्युत विस्तार नभएपछि स्थानीयहरु आक्रोसित भएका छ ।
गाउँघरमै स्थानीय जनप्रतिनिधिहरु आईसकेपछि विद्युतीकरण हुन्छ भन्ने आशामा स्थानीयहरु थिए र सोही अनुसारका आश्वासन पनि पाएका थिए । तर सोचेजस्तो हुन सकेन । स्थानीय जनप्रतिनिधि, घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्थाका प्रतिनिधि र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुले २०७५ साल असार मसान्तभित्र विद्युतीकरण गरिसक्ने लिखित सम्झौता गरेका थिए तर त्यो पनि जनताको अाँखामा छारो हाल्ने काम मात्र भयो । त्यतिमात्र होईन फेरी २०७५ असोज १ गतेवाट काम सुरु गर्ने गरि प्रदेश शभा सदस्य अमरवहादुर साउँद, विद्युत तथा ग्रा.से.नी. उपकार्यकारी निर्देशक हरराज न्यौपाने, घोडाघोडी ग्रामीण विद्युत सहकारी सस्थाका अध्यक्ष भीमवडुवाल लगायतका व्यक्तीहरुको हस्ताक्षरित सम्झौता भयो र त्यो पनि कागजमै सिमित रह्यो । पटक पटकको आश्वासन वाट हैरान भैसकेका स्थानीयहरुले असोज ६ गते घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्था सुखडको कार्यालयमा तालावन्दी गरेका थिए । तालावन्दी गरेको दोस्रो दिन नै पोल ढुवानी सुरु भयो र ताला खुल्यो । फेरी अहिले दशै तिहारसम्म काम गर्न नसकिने भनेर काम वन्द भएको छ । तर पनि चैत्र मसान्तसम्म विद्युत वल्ने घोडाघोडी नगरपालीका वडा नम्बर ४ का वडा अध्यक्ष टेकवहादुर वुढाले बताए ।
२०६९ सालमा रुपैयाँ उठाएपनि घोडाघोडी विद्युत सहकारी संस्था कैलालीको सामुदायिक विद्युतीकरण कार्यक्रम अन्तर्गत सामुदायिक ग्रामिण विद्युतीकरण विभाग र जनमुखी कन्ट्रक्सन कम्पनी प्रालि विच २०७१ फागुन २७ गते १८ महिना भित्र विद्युतीकरण गर्ने गरी सम्झौता भएको थियो । तर ठेक्का सम्झौता सकिएको एक वर्ष भन्दा वढि भईसक्दासम्म विजुली वल्न सकेको छैन । अहिलेसम्म विविध कारणवस विद्युतीकरण हुन न सकेको भएपनि २०७५ सालभित्रै विद्युतीकरण भईसक्ने घोडाघोडी ग्रामीण विद्युत सहकारी संस्था कैलालीका अध्यक्ष भीम वडुवालले वताए ।