दार्चुलाको थामुमा भेटिए ऐतिहासिक शिला
दार्चुला: दार्चुलाको शैल्यशिखर नगरपालिका–२ मा थामुमा ऐतिहासिक भेटिएको छ।
स्थानीय जयराज भट्टले घर निर्माणका लागि ढुंगा निकाल्ने क्रममा ऐतिहासिक शिला भेटिएको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधवराज भट्टले बताए। उनका अनुसार शिवपार्वती, गणेश, विष्णु भगवान आदिका मूर्ती भेटिएका छन्।
ऐतिहासिक र धार्मिक महत्वका शिला भेटिएपछि स्थानीयहरुले पूजाआजा समेत गरेका छन्। परापूर्वकालमा देवीदेवताको बासस्थान रहेको हुन सक्ने भन्दै सो ठाउँमा पूजाआजा गरिएको वडाअध्यक्ष भट्टले बताए।
शिलाका बारेमा प्रचारप्रसार गर्न सके धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने स्थानीयहरुले बताएका छन्।