सुदूर नेपाललाई विश्वसँग जोड्दै

अबिरल वर्षापछि बाजुरामा विद्युत् आयोजना अवरुद्ध

जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ।
जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ।
२०७८ असार १, ०३:४४ रासस

प्रेम रौले, मार्तडी:  जिल्ला सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन अनियमित हुन थालेको छ। विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको साना जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए।

उनका अनुसार विद्युत् सञ्चालनका लागि ल्याएको बाउली खोलामा पानीको बहाब बढ्दै गएकोले  नहरमा बालुवा  भरिने गरेकाले विद्युत् अवरुद्ध हुने गरेको छ। खोलामा बाँध नबाँधिएकाले अहिले पानीको बहाब बढ्न थालेपछि नहरमा गएर पानी फर्काउने अवस्था नहुँदा विद्युत् अवरुद्ध बनेको व्यवस्थापक पण्डितको भनाइ छ। 

जिल्लामा रहेको एक मात्र साना जलविद्युत् केन्द्र अवरुद्ध हुँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन्। बालुवा हटाउनका लागि दैनिक रुपमा नहरमा कर्मचारी खटाइए पनि बाढी बढी आउने गरेकाले सम्भव नभएको पण्डित बताउँछन्। 

तत्काल नहरको बाँध बनाउन सक्ने अवस्था नभएकाले असार र साउन महिनासम्म विद्युत् सेवा अनियमित हुने बताइएको छ। नियमित रुपमा विद्युत् आपूर्ति नहुँदा सर्वसाधारणलाई समस्या हुनुको साथै यहाँका रेडियो, अनलाइन र दैनिक कार्यालयको कामकाज समेत प्रभावित बन्न पुगेको छ।

कमेन्ट लोड गर्नुस