तलव नपाएपछि कार्यालय प्रमुखलाई कर्मचारीले घेरे
साविकको जिल्ला जनस्वास्थ्य कार्यालयका र अहिलेका स्वास्थ्य कार्यालयका कर्मचारीले कार्यलय प्रमुखलाई घेरेका छन्। कर्मचारीहरुले तीन महिनाको तलब नदिएको भन्दै स्वास्थ्य कार्यालयका प्रमुख टंकप्रसाद चाँपागाईलाई घेरेका हुन। दशैँमा सबैले तलब पाए, विदा पनि पाए, कार्यलय सहयोगीलाई केही भएन, एक कर्मचारीले भने, त्यसैले कार्यालय प्रमुखलाई घेरेका हौँ।
यता कार्यालय प्रमुख चाँपागाईले प्रक्रिया नपुगेकाले कर्मचारीलाई तलब खुवाउन नसकीएको बताए। उनले कार्यालयका कर्मचारीलाई तलव खुवाउने प्रक्रिया हुन्छ। केही प्रक्रिया पुगेका थिएनन्, काठमाडौँबाट प्रक्रिया पुगाएर आएको छु अब तलब खुवाउछु।