दार्चुलामा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई पुन: लगाइने
धनगढी: दार्चुलामा कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई पुन: लगाइने भएको छ।
जिल्लामा यही जेठ २७ र २८ गते कोरोना भाइरसविरुद्धको भेरोसिल खोप लगाइएको थियो। सो खोमा छुटेका ५५ वर्ष माथिका नागरिकलाई पुन: खोप लगाइने भएको हो।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्थानीय तहमा सो उमेर समूहका खोप लगाउन छुटेकाहरुको तथ्यांक तीन दिनभित्र स्वास्थ्य कार्यालयलाई बुझाउन भनेको बताइएको छ।