अछामको पीसीआर प्रयोगशाला सञ्चालनका लागि १० लाख सहयोग
२०७८ जेठ २९, ०४:५४
अछामः अछामकोे कमलबजारमा नगरपालिकामा स्थापना भएको पीसीआर मेसिन सञ्चालनका लागि सहयोग गरिएको छ।
जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाले प्रयोगशाला सञ्चालन गर्न १० लाख आर्थिक सहयोग गरेको हो।
शनिबार पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र नगर उप–प्रमुख अम्बिका चलाउनेले कमलबजार नगरपालिकाका प्रमुख ओम प्रकाश विष्टलाई १० लाखको चेक हस्तान्तरण गरेका छन्।
कमेन्ट लोड गर्नुस