सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमण भइ सेती प्रादेशिक अस्पतालको कर्मचारीको मृत्यु

२०७८ जेठ २८, ०१:०३ खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यक्रम एक जना कर्मचारीको मृत्यु भएको छ।

कोरोना संक्रमण भएको ४ दिन नबित्दै अस्पतालको सीएसएसडी शाखामा महिला वार्ड एटेन्डेन्टको रूपमा कार्यरत धनगढी उपमहानगरपालिका १२ की ४२ वर्षीया सीता कुमालको बिहीबार राति मृत्यु भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार सुगरको बिरामी रहेकी कुमाललाई जेठ २४ गते संक्रमण देखिएको थियो। २५ गते अस्पताल भर्ना भएकी उनको २७ गते राति मृत्यु भएको हो।

यसैबीच अस्पतालले शोक वतव्य जारी गरेको छ। 

कमेन्ट लोड गर्नुस