रारामा पर्यटकको संख्या बढ्दै
कर्णाली प्रदेशको ठूलो ताल रारामा पर्यटकको संख्यामा वृद्धि भएको छ। दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको संख्या बढेको हो। पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा रारामा खान बस्नका लागि असुविधा हुने गरेको छ। देशका विभिन्न स्थानबाट दैनिक ३ सय मोटरसाइकल, १ सय ५० जीप तथा १० बस जाने गरेको गोठीजिउला प्रहरीचौकीका प्रहरी हबल्दार दीर्घराज अधिकारीले बताए।