सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७८ जेठ २३, ०१:४३ खबर संवाददाता

काठमाडौंः साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ। गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार एक सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन ९३ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबारका लागि तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ६ सय रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाल सुन तोलाको ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार तोलामा १३ सय ४० रुपैयाँमा खरिद बिक्री भएको चाँदीको आइतबारको खरिद बिक्री मूल्य १३ सय ५५ रुपैयाँ तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस