थप ५ हजार ४२ जनामा कोरोना संक्रमण, ६८ जना संक्रमितको मृत्यु
काठमाडौं : पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१६ हजार ८१४ पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा सो संख्यामा संक्रमण पाइएको शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
यससँगै मुलुकभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख ९८ हजार २ सय ४ पुगेको छ।
शनिवार ६८ जना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म ७ हजार ७९९ जनाको संक्रमणका कारण मृत्यु भएको छ।
यस दिन ८ हजार २४३ संक्रमित निको भएका छन्। यससँगै हालसम्म निको हुनेको संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ।