सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा पत्रकार कठायतद्वारा तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग

२०७८ जेठ २२, ०३:५६ खबर संवाददाता

डोटी: जन्मदिनको अवसरमा पत्रकार कैलाश कठायतले तेजु स्मृती अक्षय कोष स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका छन्। 

नेपाल प्रेस युनियन कैलाली शाखाका सदस्य एवं रेडियो डोटीका समाचार प्रमुख कठायतले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि ११ हजार १ सय रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्। 

नेपाल प्रेस युनियन डोटी शाखाले संस्थापक अध्यक्ष स्व. तेज बहादुर खड्का ‘तेजु’को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको छ। कोषका लागि विभिन्न, संघ संस्था व्यक्तिहरु, पत्रकार, सामाजिक क्षेत्रका व्यक्तिहरु र राजनीतिज्ञहरुले जन्मोत्सवका अवसरमा सहयोग गर्दै आएका छन्।

हाल सम्म कोष स्थापनाका लागि दुई लाख बढी रकम संकलन भएको शाखाका सचिव पवन महराले जानकारी दिए। लामो समय नेपाली पत्रकारीता जगतमा खर्च गरेका लोकप्रिय रेडियोकर्मी स्व. खड्काले पत्रकारिता तथा सामाजिक क्षेत्रमा दिएको योगदानको कदर गर्दै उहाँलाई अमर राख्ने प्रेस युनियनको अभियानमा आफुले पनि सहयोग गरेको उनले बताए।

प्रेस युनियनले स्वर्गिय पत्रकार खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी सो कोषबाट राष्ट्रिय पत्रकारिता पुरस्कारको स्थापना गर्ने लक्ष्य लिएको छ। जसका लागि शाखाले विभिन्न व्यक्ति, संघसंस्थाहरुसँग सहयोगको आह्वान गरेको प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए। बेपत्ता भएका खड्काको तीनबर्षपछि मात्रै कंकाल भेटिएको थियो। 
 

कमेन्ट लोड गर्नुस