कोरोनाको तेस्रो र चौथो लहरबाट बालबालिका बढी संक्रमित हुने, बेड तयारी अवस्थामा राख्न निर्देशन
काठमाडौं: सरकारले कोरोना महमारीको तेस्रो र चौथो लहरबाट बालबालिका बढी संक्रमित हुनसक्ने भएकाले सबै सरकारी तथा निजी अस्पताललाई बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो।
उक्त पत्रमा अस्पतालहरूलाई अक्सिजनको समेत व्यवस्थापन गर्न भनिएको छ।