सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक साताका लागि निषेधाज्ञा थप

२०७८ जेठ ७, ०४:४० रासस

बाजुराः नयाँ भेरियन्टको कोरोना भाइरसको सङ्क्रमण बाजुरामा बढ्दै गएपछि शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन समितिले. एक साता निषेधाज्ञा थप गरेको छ।

बैठकले जेठ १४ गते मध्येराति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा थपेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताउनु भएको छ। 

उनले सङ्क्रमित बढ्दै गएको र यसबाट मृत्यु हुनेको सङ्ख्या नरोकिएकाले जेठ १४ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरेको बताए।

जिल्लामा भारत लगायतका देशबाट आउने क्रम नरोकिएकाले सङ्क्रमण नियन्त्रण तथा रोकथामलाई प्रभावकारी बनाउनका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समीर भण्डारीले बताए। 
 

कमेन्ट लोड गर्नुस