सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको धौलीगंगा बाँधको ढोका खोलिंदै, सतर्क रहन आग्रह

फाईल फोटो
फाईल फोटो
२०७८ जेठ ६, ०६:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलासंग जोडीएको सिमाना भारतको धार्चुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलीने भएको छ। 

जलविद्युत परियोजनाले लगातारको वर्षाका कारण नदीमा पानीको मात्रा बढेकाले बाँधको पानी खाली गर्न ढोका खोल्ने गरेको छ। 

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बिहीबार सूचना जारी गर्दै जलविद्युत परियोजनाले बाँधको खोका खोलिने जानकारी आएकाले सर्तकता अपनाउन भनेको हो।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला जलस्तर बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्ककता अपनाउन भनिएको छ।

 

कमेन्ट लोड गर्नुस