सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना संक्रमणबाट एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य कठायतको मृत्यु

२०७८ वैशाख ३०, ०२:०१ खबर संवाददाता

धनगढी: कोरोना भाइरसको संक्रमणबाट नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा डोटीको शिखर नगरपालिका–३ का युवानेता लालबहादुर कठायतको मृत्यु भएको छ। 

केही दिन पहिले संक्रमण पुस्टि भएका उनलाई थप उपचारका लागि कैलाली ल्याइएकोमा बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। 

कठायतको पारिवारिक स्रोतका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत उनको अक्सिजन अभाव भएपछि मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस