देशभर केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं : आज देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी न्यून चापीय प्रणाली र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले केही स्थानमा केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
आज बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू–भागमामा आंशिक बदली रहेको छ।
दिउँसो देशको पहाडी भू–भागहरुमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागमा सामान्य बदली रहने महाशाखाले जनाएको छ।
यस्तै, देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको ।
राति देशका अधिकांश भू–भागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।