जिल्ला अस्पताल दार्चुलामा त्रिपालमा राखेर संक्रमितको उपचार गरिँदै
२०७८ वैशाख २२, ०१:०७
धनगढी: जिल्ला अस्पताल दार्चुलामा रहेको आइसोलेसन बेड कोरोना भाइरसका बिरामीले भरिएपछि संक्रमितको उपचार त्रिपाल राखेर गराउन थालिएको छ।
१३ वटा आइसोलेसन बेड रहेको जिल्ला अस्पतालमा मंगलबारसम्म कोरोनाका बिरामीहरु १५ जना पुगेपछि त्रिपाल राखेर उपचार गर्न थालिएको बताइएको हो।
आइसोलेसन बेडकै बाहिरपट्टी दुई वटा र फिबर संकलन गर्ने क्षेत्रमा दुई वटा त्रिपाल राखेर उपचार थालिएको जनाइएको छ।
कमेन्ट लोड गर्नुस