बैतडीको पुर्चौंडी नगरपालिकाका मेयर कुँवरद्वारा पत्रकारमाथि दुव्र्यवहार
बैतडी: बैतडीको पुर्चौंडी नगरपालिकाका नगरप्रमुख रणबहादुर कुँवरले पत्रकारमाथि दुव्यर्वहार गरेका छन्।
रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जमा कार्यरत पवन अवस्थी आइतबार कार्यालयमा पुग्दा नगरप्रमुख कुँवरले दुव्र्यवहार गरेका हुन्। ‘बैतडीका मिडिया को हुन् ? म चिन्दैन’ भन्दै मेयर कुँवरले दुव्र्यवहार गरेका पत्रकार अवस्थीले गुनासो गरे।
सोही विषयलाई लिएर रेडियो निङ्गलाशैनीले एक विज्ञप्ती जारी गर्दै आफ्ना कर्मचारीमाथि पुर्चौंडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवरले गरेको दुव्र्यवहारको भत्र्सना गरेको छ।
प्रबन्ध निर्देशक महेश अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तीमा लोकतन्त्रको संस्थागत विकासमा मिडियाको ठूलो भूमिका रहेको भएपनि जनप्रतिनिधिहरुले यस्तो व्यवहार गर्नु दुःखद भएको उल्लेख गरिएको छ।
मेयर कुँवरलाई आगामी दिनमा यस्ता धम्कीपूर्ण व्यवहारको अन्त्य गर्दै जनताको जनप्रतिनिधि भएको महसुस गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।