बाजुरामा जनगणनाको तालिमका सहभागीमा कोरोना
धनगढी: बाजुरामा जनगणनाको तालिममा सहभागी एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालित तालिमका एक सहभागीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा उनमा संक्रमण पुस्टि भएको हो।
जनगणनाका लागि परीक्षकहरुको तालिममा सहभागी ५४ जनामध्ये अन्य केही जनालाई पनि कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ।
यही वैशाख १६ गतेदेखि सुरु भएको सो तालिम २२ गते सम्पन्न हुने बताइएको छ। नेपाल सरकारले भने वैशाख ६ गते परिपत्र गर्दै विवाह, भोज भतेर, गोष्ठी आदि गर्दा २५ जनाभन्दा बढी सहभागी नगर्न गराउन भनिएको छ।