अछामको चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष कुँवरलाई कोरोना
अछाम: अछामको चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कुँवरलाई कोरोना संक्रमण भएको छ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उपाध्यक्ष कुँवरले आफूलाई संक्रमण भएको जानकारी दिएकी छिन्।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्क रहन समेत अपिल गरेकी छिन्।
यसअघि चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्क साउद र प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापा लगायत बैङ्कका कर्मचारीमा समेत कोरोना संक्रमण पुस्टि भएको थियो।