सुनको मूल्य बढ्यो
२०७८ वैशाख १९, ०१:०७
काठमाडौं: आइतबार सुनको मूल्य बढेको छ।
छापावाला सुन १ सयले बढेर प्रतितोला ९० हजारमा कारोबार भईरहेको र तेजावी सुन तोलामा ८९ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी प्रतितोला १२ सय ९५ मा कारोबार भइरहेको बताइएको छ।
कमेन्ट लोड गर्नुस