बाजुरामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु
बाजुरा: बाजुरामा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा ट्याक्टरको ठक्करबाट सोही गाउँपालिका वडा नम्बर ३ जुकोटका अंग कडारका ९ वर्षीय छोरा जगत कडाराको मृत्यु भएको हो।
स्वामीकार्तिक खापर गाउँपालिकाको सडकखण्ड अन्तर्गत पर्ने वडा नम्बर ३ को कार्यालय नजिकै ट्याक्टरको ठक्करबाट कडाराको मृत्यु ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकले जनाएको छ।
जुकोटबाट पीलुचौर आउँदै गरेको राजेन्द्र नाथको अन टेष्ट ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको बताइएको छ।