सुदूरपश्चिममा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि
धनगढी: सुदूरपश्चिममा थप २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ। प्रदेशका विभिन्न प्रयोगसालामा ४७१ नमुना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताए।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ जनामा संक्रमण पुस्टि भएको प्रवक्ता कार्कीले बताए।
त्यस्तै डडैलधुरा असपतालमा २७ जनाको परीक्षण गर्दा १४ जनामा संक्रमण पुस्टि भएको छ।
त्यसै गरी डोटी अस्पतालमा २९ जनाको नमुना परीक्षण गर्दा १४ जना र महाकाली अस्पतालमा ४१ जनाको नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको हो।
यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार ४ सय ७५ पुगेको छ भने संक्रमण पुस्टि भएका मध्ये १४ हजार २ सय ३३ जनाले कोरोना जितेका छन्।