सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा महत्त्वपूर्ण उपकरण आपूर्ति गर्ने डब्ल्यूएचओको तयारी

२०७८ वैशाख १४, ०७:५८ खबर संवाददाता

काठमाण्डौ – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भारतमा सङ्क्रमणदर र मृत्युदर बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको छ।

डब्ल्यू्एचओका प्रमुख ट्रेडोस अदानोम गेब्रिएसएसले भारतको अवस्था अत्यन्तै खराब हुँदै गएको महत्त्वपूर्ण उपकरण आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन्। 

अक्सिजन, मोबाइल अस्पताल र ल्याबहरुको व्यवस्थापनमा ध्यान केन्द्रीत गरेर आफूहरुले काम गरेको उनले बताए। 

भारतमा पछिल्ला केही दिनदेखि कोरोना सङ्क्रमित निक्कै धेरै बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३ लाख १९ हजार ४ सय ३२ जना सङ्क्रमित थपिएका छन्। 

यो हिजोको तुलनामा थपिने संख्या झण्डै ३५ हजार कम हो। यस्तै पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६४ जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार ८ सय ८० पुगेको छ।

कोरोनाको नयाँ भेरियन्टका कारण सङ्क्रमित बढेसँगै भारतका विभिन्न अस्पतालमा अक्सिजनको अभाव भइरहेको छ भने शैया पाउन पनि मुस्किल छ। 
 

कमेन्ट लोड गर्नुस