सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एयरको काठमाडौं-धनगढी हवाई भाडादर बढ्यो

२०७८ वैशाख १४, ०७:५० खबर संवाददाता

धनगढी : सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा गरेसँगै हवाई भाडा बढेर उच्च बिन्दुसम्म पुगेको छ। धेरै गन्तव्यको लागि टिकट नै पाइन छाडेको छ र टिकट बाँकी रहेका गन्तव्यको भाडा उच्च बिन्दुमा पुगेको हो। 

नेपालको बहुप्रतिष्ठित वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक उडानका लागि भाडादर बढाएको छ। बुद्ध एअरको बुधवारको काठमाडौं-धनगढी उडानको लागि भाडा ११ हजार ६ सय ८५  तोकिएको छ। नेपालगञ्जको १० हजार रुपैयाँसम्म र विराटनगरको ७२ सयसम्म पुगेको छ।

यस्तै आइतबारसम्म दुई हजार रुपैयाँबाट रहेको पोखराको भाडा बढेर ४८ सय नाघेको छ।

सरकारले तत्कालको लागि आन्तरिक उडान नरोक्ने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सङ्क्रमण उच्च देखिएको काठमाण्डौ उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञाको निर्णय गरे पनि आन्तरिक हवाइ उडान भने नरोक्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए। 

कमेन्ट लोड गर्नुस