सुदूर नेपाललाई विश्वसँग जोड्दै

बान्निकी चैतली मेला रोक्न प्रहरी परिचालन

फाईल फोटो
फाईल फोटो
२०७८ वैशाख ११, १०:४५ खबर संवाददाता

बझाङ: बझाङ तथा सुदुरपश्चिम प्रदेशकै प्रशिद्ध भनेर चिनीने बझाङको धार्मीक बान्निकी चैतली मेला रोक्नका लागि जिल्ला प्रशासन कार्यलयले प्रहरी परिचान गरेको छ।

कोरोनाको दोस्रो लहर ग्रामिण बस्तिमा फैलन सक्ने खतराई मध्यनजर गर्दै यसको रोगथामका लागी प्रशासन पुर्व तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिए। 

नेपाल सरकारले गरेको निर्णयलाई पालन गर्नका लागी आफुहरु तयार रहेको र मेला नलाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले शशत्र प्रहरी , नेपाल प्रहरी परिचालन गरीएको बताएका छन्।

पुजा आराधाना मात्रै गर्न मिल्ने गरी स्थानीय तहलाई ब्यावस्था मिलाउन आफुहरुले आग्रह गरेको अधिकारीले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस