डडेल्धुरा अस्पतालमा सेवा लिन गएका १३ जनाको कोरोना परीक्षण गर्दा ८ जनामा संक्रमण
डडेल्धुरा: डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ८ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
शुक्रबार अस्पतालमा सेवा लिन गएका मध्ये १३ जनाको नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुस्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुसालले बताए ।
दम लगायतका बिरामी ६ जना बिरामी इर्मजेन्सीमा आएकोमा उनीहरुको नमूना परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए।
कोरोना पुस्टि हुनेमा अमरगढी नगरपालिकाका ६५ र ३० वर्षीय २ जना पुरुष, भागेश्वर गाउँपालिका–१ की १७ वर्षीया महिला, अजयमेरु गाउँपालिकाका ५० वर्षीय पुरुष, गन्याधुरा गाउँपालिका–१ का ५० वर्षीय पुरुष रहेका छन्।
यस्तै बैतडीको पाटन नगरपालिका–१० का ३२ र २५ वर्षीय २ पुरुष, दोगडाकेदार गाउँपालिकाका एक पुरुष पनि संक्रमण फेला परेको अस्पतालले जनाएको छ।