बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु
बझाङ: बझाङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। पोलमा प्रवाह भएको करेन्ट लागेर जिल्लाको केदारस्युँ गाउँपालिका–१ डुडिलकी ५१ वर्षीया उजलीदेवी बोहरा मृत्यु भएको प्रहरीले जनाएको छ।
चट्याङले विद्युत तार अड्याउने पीन इन्सुलेटर फुटेर पोलमा करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङले जनाएको छ।
बिजुलीको पोलमा चट्याङ परेको र चट्याङले तार अडयाउने पीन ईन्सुलेटर फुटदा तार पोलमा टाँसिएको थियो।
विद्युत सुचारु भएपछि पोलमा चट्याङ परेको र पोलमा करेन्ट प्रवाह हुँदा बोहरालाई करेन्ट लागेको वितरण केन्द्रले बताइरहेको छ।