सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा टेलिफोन सेवा अनियमित

२०७८ वैशाख ८, ०५:१० खबर संवाददाता

धनगढी: बाजुरामा विगत एक महिनादेखि टेलिफोन सेवा अनियमित हुँदै आएको छ। 

त्रिवेणी नगरपालिकास्थित टेलिफोनको टावरमा एक महिनादेखि समस्या देखिँदै आएको हो। तोलीमा राखिएको टावर बेला बेलामा खराब भइरहने हुँदा सो क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ। 

टेलिफोनको टावर आउने जाने हुनुका साथै टावर आएपनि फोनले काम नगर्ने हुँदा उक्त क्षेत्रका त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन्। 

नेपाल टेलिकम बाजुराका सूचना अधिकारी मानबहादुर रोकायाले राती बत्ती आएको बेला फोन सेवा सञ्चालन हुने र बत्ती नभएका बेला टावरले काम नगर्ने गरेको बताए। 
 

कमेन्ट लोड गर्नुस