बाजुरामा सञ्चालित राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित
धनगढी: बाजुरामा सञ्चालन भइरहेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता स्थगित भएको छ।
जिल्ला सदरमुकाम मार्तडीमा सञ्चालित १२औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता दोश्रो दिनको अन्तिममा विवाद उत्पन्न भएपछि स्थगित भएको हो। दोश्रो दिनको खेलमा बुढिगंगा नगरपालिकाका सहभागी घाइते भएपछि सुरू भएको विवाद खेलुकद विकास समितिले मिलाउन नसक्दा प्रतियोगिता नै स्थगित भएको बताइएको छ।
बडिमालिका नगरपालिकाका प्रशिक्षकले मनोमानी गरेको भन्दै पाँचवटा स्थानीय तहले प्रतियोगिता नखेल्ने बताएका थिए। तर बडिमालिकाका प्रशिक्षकहरूले भने आफुहरूलाई बिना कारण आरोप लगाइएको बताउँदै विज्ञप्ति समेत जारि गरेका छन्।
प्रतियोगितामा जिल्लाका ९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहको सहभागिता रहेको थियो।