सुदूर नेपाललाई विश्वसँग जोड्दै

हतियारसहित एकजना पक्राउ

फाईल फोटो
फाईल फोटो । फोटो स्रोत ।
२०७८ वैशाख ६, ०७:१४ रासस

इनरुवा: सुनसरी कोशी गाउँपालिका–४ स्थित जुद्धगञ्जबाट हतियारसहित पक्राउ परेका एक जनालाई सोमबार प्रहरीले सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका–१ का २४ वर्षीय जमाल भन्ने तालीम मन्सुरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्रकुमार कार्कीले बताए। 

गएराति अस्थायी प्रहरी पोष्ट शिवचौकबाट खटिएको प्रहरी टोलीले मन्सुरीले चेकजाँचका क्रममा नियन्त्रणमा लिएको छ।

मन्सुरीका साथबाट प्रहरीले एक थान कटुवा पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक कार्कीले बताए।

रोजा पर्व मनाउनका लागि ससुराली घर जुद्धगञ्जमा आएको बेलामा विशेष सुराकीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

मन्सुरीको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस