आर्थिक अभावले उपचारमा समस्या
भिरबाट लडेर घाईते भएका बाजुराको गौमुल गाँउपालिका ५ मनाकोटका १७ बर्षिय शिब रोकायाको उपचारमा समस्या आएको छ। रोकाले आर्थिक अभाबमा चार महिनादेखि भाच्चिएको खुट्टाको उपाचर गर्न नसकेका हुन्।
रोकायाको भेरालेखमा बाख्रा चराउन गएको बेला भिरबाट लडेर खुट्टा भाच्चिएको थियो। डेढ महिनाअघि उनी राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना भएका छन्। उनी भाच्चिँएको खुट्टाको उपचार गर्न नसकि २ महिना घरमै थन्किएका थिए। आमा धौली रोकायाको शिब ८ महिनाको हुँदा क्यानसरका कारणले मृत्यु भएको थियो भने बुवा पदमबहादुर रोकाया पनि १५ बर्ष पहिले भारत गएका र त्यसपछि सम्पर्कमा नआएको स्थानिय राज रोकायाले वताए। परिवारका सदस्य कोही नभएपछि रोकायलाई दुई महिना सम्म गाउँले पनि सहयोग नगरेको बताईएको छ।
उनीसंग कक्षा १ देखी ४ कक्षा सम्म संगै पढेका राज रोकाया धनगढीबाट गाँउ गएपछि उनलाई बोकेर उपचारका लागि धनगढी लगिएको थियो। धनगढीमा रहेको सेति अञ्चल अस्पतालमा खुट्टा काट्नु पर्ने भन्दै बिर अस्पताल काठमाडौ रेफर गरेको थियो। राजनले २० हजार ऋण काढेको काठमाडौ लगे।
भएको डेढ महिना भएको छ। चिकित्सकले अझै नौ महिना जति राख्नु पर्ने बताएका छन्। अहिले उनको एक ठाँउको छाला काटेर अर्को ठाँउमा राखेको छ, खुट्टाको अप्रेशन गर्नका लागि अझै समय लाग्ने चिकित्सकले वताएका छन्। उनले रुदै भने २० हजार ऋण काढेको रुपैया सकिसक्यो, दैनिक १५ सय मुल्य बराबरको औषधि खानु पर्छ, त्यो पैशा सकिएको दुई दिन भयो, दुई दिन देखी औषधि किनेर खान नपाएको वताए।