आईपीएलमा मुम्बइको पहिलो जित
काठमाडौँ": साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित हासिल गरेको छ।
चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो।
मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो।
जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ।