सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुहिएका माछा बिक्रिका लागि राखेको पाइएपछि बरामद (भिडियो सहित)

चाडपर्वमा पैसा कमाउने दाउ

२०७५ असोज १९, ०७:२५

धनगढी उप–महानगरपालिकाले धनगढीको हाट बजार सहित वडा नम्बर १ भित्र रहेका मासु तथा माछा पसलको अनुगमन गरेको छ। अनुगमनका क्रममा बजार क्षेत्रका दुईवटा पसलबाट बिक्रि गर्न अयोग्य ४० किलो माछा बरामद गरिएको छ।

धनगढी उप महानगरपाकिका प्रवक्ता सन्तोश मुडभरीको संयोजकत्वमा भएको अनुगमनमा सरोकारवालाको टोलीले वडा नम्बर १ पशुपति टोलमा रहेको कालो माछा पसलबाट सडेको २० किलो र  स्माइल मासु पसलबाट २० किलो गरी ४० किलो माछा बरामद गरेको हो। स्माइल मासु पसलले माछा बिक्रिको अनुमति नलिएरै कारोबार गरेको पाइएको हो।

पुना मासु पसलमा मेरेको कुखुरा भेटिएको छ भने पप्पु मासु पसलले साइनबोर्ड नराखेरै व्यवसाय गरेको भन्दै सिल गरिएको छ। यसैगरी १४ पसलमा अनुगमन गरिएकोमा १० पसलले व्यवसाय नविकरण नगरेको भेटिएको प्रवक्ता सन्तोश मुडभरीले बताए।

अनुगमनका क्रममा हाट बजार क्षेत्रका २८ वटा पसलले गुणस्तर विभागबाट अनुमति नलिएर कम तौलका ढक तराजु प्रयोग गर्दै आएको भेटिएपछि जफल गरिएको उनले जानकारी दिए।

अनुगमनमा गुणस्तर तथा नापतौल कार्यालय, जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी लगायतका सरोकारवाला निकायको उपस्थिती रहेको थियो।

 

कमेन्ट लोड गर्नुस