सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्वयु(छैठौं) डडेल्धुराको अध्यक्षमा जोशी

२०७७ चैत्र २८, ०६:५८ खबर संवाददाता

डडेल्धुरा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) डडेल्धुराको अध्यक्षमा कर्म जोशी चयन भएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा भएको ९औं जिल्ला सम्मेलनले जोशीको अध्यक्षतामा ९ पूर्ण र २ वैकल्पिक गरी ११ सदस्यीय जिल्ला समिति चयन गरेको हो। 

समितिको उपाध्यक्षमा जनक तिमिल्सेना, सचिवमा पवन विष्ट, सहसचिवमा हिमाल बोहरा र कोषाध्यक्षमा प्रिया ताम्राकार चयन भएका छन्।  

यस्तै सदस्यहरुमा माया अवस्थी, चिरञ्जीवी तिमिल्सेना, गणेश ऐर तथा वैकल्पिक सदस्यमा खगेन्द्र बुढाऐर र निशा ताम्राकार चयन भएका छन्। सदस्यको एक पद हाललाई रिक्त राखिएको छ।

कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य लालबहादुर जाग्री, अखिल (छैठौं) का पूर्व केन्द्रीय सदस्य दिलबहादुर ऐर, पूर्व जिल्ला अध्यक्ष तारा धिक्त लगायतका नेताहरुले सम्मेलन सफलताको शुभकामना दिएका थिए। 

अध्यक्ष टंक अवस्थीको अध्यक्षता, सचिव कर्म जोशीको सञ्चालन तथा सहसचिव जनक तिमिल्सेनाको स्वागत मन्तव्यमा सञ्चालन भएको सम्मेलन उद्घाटन समारोहमा रक्तिम सांस्कृतिक अभियानका कलाकार सन्तोष जोशीले स्वागत गीत गाएका थिए। 

सम्मेलनपछि बसेको बैठकले आगामी जेठमा हुने संगठनको राष्ट्रिय सम्मेलन तयारी लगायतका विषयमा छलफल गरेको निवर्तमान अध्यक्ष टंक अवस्थीले बताए। 
 

कमेन्ट लोड गर्नुस