मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएपछि कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
२०७७ चैत्र २८, ११:२५
धनगढी: मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले कैलालीको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
शुक्रबार साँझ गोदावरी नगरपालिका–८ स्याउलेमा मोटरसाइकलको ठक्करबाट घाइते भएका ५ वर्षीय आयुष जोशीको नेपालगन्जमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएका थियो।
आफन्तले ठक्कर दिने मोटरसाइकलको पहिचान गरी कारवाहीको माग राखेको छ।
प्रहरीले ठक्कर दिएर भाग्नेको खोजी भइरहेको जनाएको छ।
कमेन्ट लोड गर्नुस