सुदूर नेपाललाई विश्वसँग जोड्दै

आजबाट आईपीएल सुरु हुँदै

२०७७ चैत्र २७, ११:०२ खबर संवाददाता

काठमाडौं : इण्डियन प्रिमियर लिग ‘आईपीएल’ को १२ औं संस्करण आजबाट सुरु हुँदैछ । चेन्नईमा आज बेलुकी उदघाटन खेलमा साबिकको विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोर प्रतिस्पर्धा गर्दैछन्।

उद्घाटन खेल नेपाली समय अनुसार राति सवा आठमा सुरु हुनेछ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले भने आइतबार पहिलो खेलमा मुम्बई ईण्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ।

आईपीएलमा यस सिजन चेन्नई सुपर किङ्स, सनराईजर्स हैदरावाद, रोयल च्यालेंजर्स बैंगलोर, दिल्ली क्यापिटल्स, राजेस्थान रोयल्स, किंग्स इलाभेन पन्जाब, कलकता नाइटराइडर्स र मुम्बई इन्डियन्स प्रतिस्पर्धामा छन्।

कमेन्ट लोड गर्नुस