सुदूर नेपाललाई विश्वसँग जोड्दै

शैक्षिक संस्था बन्द गर्न सिफारिस

२०७७ चैत्र २७, १०:५३ खबर संवाददाता

काठमाडौं : स्वास्थ्य मन्त्रालयले नयाँ प्रजातिको भाइरस तीव्र गतिमा फैलिन थालेको भन्दै शैक्षिक संस्था बन्द गर्न कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी)लाई सिफारिस गरेको छ।

शैक्षिक संस्था बन्द गर्न अनुरोध गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बताए। 

‘पछिल्लो समय १८ वर्ष (विद्यालय उमेर समूह)का बालबालिकामा संक्रमण बढ्दै गएको पाइएको छ,’ निर्देशक पौडेलले भने, ‘यसले शैक्षिक क्षेत्र कोरोनाको हटस्पट हुने देखिएकाले तत्काल बन्द गरी अनलाइन पठनपाठनलाई नियमित गर्नुपर्छ।’ 

कमेन्ट लोड गर्नुस