धनगढीमा भलिबल प्रतियोगिता सुरु, पहिलो खेलमा एसपीए विजयी
धनगढीः धनगढीमा भलिबल प्रतियोगिता सुरु भएको छ।
एसपीए विद्यार्थी यूनियनले प्रतियोगिताको आयोजना गरेको हो। प्रतियोगिता आइतबारसम्म सञ्चालन हुने आयोजकले बताएको छ। पहिलो खेल एसपीए र शारदा बिच भएको थियो। एसपीए विजयी भएको छ।
कैलाली–कञ्चनपुरका १८ समूहको सहभागिता रहने प्रतियोगिताको प्रतिनिधि सभा सदस्य नारदमुनी रानाले उद्घाटन गरे।
एक लाख ५० हजार खर्चको अनुमान गरिएको प्रतियोगितामा प्रथमले ५० हजार, द्धितियले २५ हजार र तेस्रोले १२ हजार ५ सय रुपैयाँ पुरस्कारसहित ट्रफि पाउनेछन्।
म्यान अफ द टुनामेन्ट्लाई २ हजार ५ सय पुरस्कार प्रदान गरिने छ।