सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा अपाङ्गता भएकालाई बाख्रा वितरण

२०७७ चैत्र २०, ०४:३२ रासस

डोटी: यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ। 

बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो। बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए।

गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपाङ्गता भएका व्यक्तिलाई जनही एक÷एकवटा बाख्रा वितरण गरेको हो। अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा (भाट) ले बताए। 

उनले भने, “गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अपाङ्गता भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ ।”

कमेन्ट लोड गर्नुस