डडेल्धुरामा आगलागी भएको पसलका सञ्चालकलाई आर्थिक सहयोग
धनगढी: डडेल्धुरामा आगलागी भएको पसलका सञ्चालकलाई आर्थिक सहयोग गरिएको छ।
बिहिबार उद्योग वाणिज्य संघ डडेल्धुराले आगलागीबाट पूर्ण रुपमा जलेर नष्ट भएको उग्रतारा स्टोरका सञ्चालक यज्ञ साँकीलाई ७३ हजार बढी रकम संकलन गरी आर्थिक सहयोग गरेको हो।
वाणिज्य संघले बिहीबार बिहानैदेखि आर्थिक संकलन अभियान थाली ७३ हजार ८ सय १२ रुपैयाँ सहयोग गरको जनाइएको छ।
अमरगढी नगरपालिकाको वडा नम्बर ७ र ८ को सिमाना रातागौनमा रहेको उग्रतारा स्टोरमा बुधबार राती करिब साढे ११ बजे तिरको समयमा आगलागी हुँदा ६० लाख बढीको क्षति भएको बताइएको छ ।