सुदूर नेपाललाई विश्वसँग जोड्दै

अब दैनिक २० किलो सुन आयात गर्न सकिने

२०७७ चैत्र १९, ०९:४२ खबर संवाददाता

काठमाण्डौः नेपाल राष्ट्र बैंकले दैनिक २० किलोसम्म सुन आयात गर्न दिने भएको छ। केन्द्रीय बैंकले बिहिबार एकीकृत परिपत्र–२०७६ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो।

विशेषगरी वाणिज्य बैंकले सुन आयात गरिरहेका छन्। विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई जारी गरिएको एकीकृत परिपत्रमा संशोधन गर्दै सुन आयातको परिमाण बढाइएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घलगायतले सुन आयातको कोटा बढाइदिन सरकार, राष्ट्र बैंक र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्दै आएका थिए। 

सोही मागअनुसार नै सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधिमा संशोधन गरिएको हो। राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २० किलोग्राम कायम गरिएको छ।  
 

कमेन्ट लोड गर्नुस