सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदुरपश्चिममा पहिलो पटक हुने निर्माण तथा हार्डवेयर मेलाको ७० प्रतिशत तयारी पुरा (भिडियो सहित)

२०७५ असोज १५, ०८:०३

सुदुरपश्चिम प्रदेशमै पहिलो पटक हुने  निर्माण तथा हार्डवेयर मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा हुन लागेको  मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । असोज २४, २५, २६ र २७ गते धनगढीमा हुने प्रदर्शनीको ७० प्रतिशत तयारी सकिएको कैलाली हार्डवेयर व्यवसायी संघका अध्यष सुरेन्द्र राठीले जानकारी दिए । 

प्रदर्शनीमा नेपाल भारत र चीनका विभिन्न बहुराष्ट्रिय कम्पनीहरुका ६० वटा स्टल रहने छन् । त्यसमा ४५ स्टल वुक भईसकेका छन् । आवश्यक तयारी पनि धमाधम भईरहेको धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ । भवन निर्माणसँग सम्वन्धित सुचना र जानकारी दिनुका साथै घर तथा भवन निर्माणका सवै सामाग्री एकै थलो मुनि राखेर गरिन थालेको प्रदर्शनी आउन १० दिन वाँकी रहँदा त्यसको तिव्र तयारीमा जुटेको कैलाली जिल्ला हार्डवेयर व्यवसायी संघका महासचिव कुवेर शाहीले वताए । 
 

कमेन्ट लोड गर्नुस