बाजुरामा भीरबाट लडेर एकको मृत्यु
२०७७ चैत्र १७, १२:५६
बाजुरा : बाजुरामा भीरबाट लडेर एकको ज्यान गएको छ।
जिल्लाको गौमुल गाउँपालिकामा भीरबाट लडेर सोही गाउँपालिका–२ रनेडाकाँडा टोल निवासी भीमदल विकको मृत्यु भएको स्थानीय प्रकाश सार्कीले जानकारी दिएका छन्।
उनको गाउँ नजिकैको कुल्लाने भन्ने भीरमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको सार्कीले बताए।
कमेन्ट लोड गर्नुस