सुदूर नेपालको बार्षिक साधारण सभा सम्पन्न
सुदूरनेपाल बचत तथा ऋण सहकारी संस्था धनगढीको ५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा गत बर्षको आयव्य सार्वजनीक र आगामी बर्षको आयव्यव प्रस्तुत गरिएको थियो। साधारण सभामा प्रदेश प्रमुख मोहनराज मल्ल प्रमुख अतिथी रहनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य डिल्लीराज पन्त, धनगढी उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्ट, पुर्व सांसद महेश्वर पाठक, प्राध्यापक डाक्टर हेमराज पन्त, उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य गोपाल हमाल लगायतको उपस्थीती थियो।सस्थाका अध्यक्ष कैलाश दहालको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको हो।