सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी मेयर उपमेयर कप फुटवलः महिलातर्फ वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्ने

२०७७ चैत्र १६, ०९:०४ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिका नगर खेलकुद समितिको आयोजनामा भईरहेको धनगढी मेयर उपमेयर कप फुटबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि वडा नम्बर १२ र वडा नम्बर १९ भिड्ने भएका छन् । 

फुलबारीस्थित खेल मैदानमा भएका महिलातर्फका दुबै सेमिफाईनलमा जित हात पार्दै वडा नम्बर १२ र १९ उपाधिका लागि भिड्ने भएका हुन् । महिलातर्फको पहिलो सेमिफाईनलमा वडा नम्बर १९ ले वडा नम्बर १८ लाई ५–० ले हरायो । दोस्रो सेमिफाईनलमा वडा नम्बर १२ ले वडा नम्बर १४ लाई ४–० ले किनारा लगायो ।

त्यस्तै पुरुषतर्फको पनि सेमीफाईनल सेमीकरण पुरा भएको छ । आईतबार विहान भएका खेलमा जित हात पार्दै वडा नम्बर १४ र वडा नम्बर ७ सेमिफाईनलमा प्रवेश गरेका छन् । विहानको पहिलो खेलमा वडा नम्बर १४ ले वडा नम्बर ११ लाई टाईब्रेकरमा ४–१ ले हरायो । अर्को खेलमा वडा नम्बर ७ ले वडा नम्बर १० लाई २–० ले हरायो ।

प्रतियोगितामा प्रथम महिला/ पुरुष टिमलाई १ लाख १ हजार नगद पुरस्कारका साथै मेडल ट्रफी र प्रमाणपत्र, द्धितीय हुने टिमलाई ५१ हजार नगद मेडल ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक दिपेन्द्र सिंहले जानकारी दिए ।

उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट गोलकिपरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, उत्कृष्ट डिफेन्सरले ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र, सर्वाधिक गोलकर्ताले पनि ५ हजार ५ सय नगद मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । 

फुटवल प्रतियोगिताको व्यवस्थापन न्यू बुद्ध स्पोटर्स यूवा क्लव, मनकामना यूवा क्लव, नमोबुद्ध यूवा क्लव र कैलाली जिल्ला फुटवल संघले गरेको छ ।
  
 

कमेन्ट लोड गर्नुस