सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना

२०७७ चैत्र १६, ०७:३९ खबर संवाददाता

धनगढी: दार्चुलामा बालविवाह न्युनीकरणका लागि रणनीतिक योजना तयार पारिएको छ ।

जिल्लाको मालिकार्जुन गाउँपालिकाले २०८० सम्म बालविवाहमुक्त गाउँपालिका घोषणा गर्ने योजना अनुसार रणनीतिक योजना तयार पारेको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपाल र सामुदायिक ग्रामिण विकास समाज नेपालको सहकार्यमा बालविवाह अन्त्य गर्नका लागि स्थानीय रणनीति २०७६ तयार पारी कार्यान्वयनमा जोड दिइएको जनाइएको छ ।

बालविवाह न्युनीकरणका लागि समुदाय तथा विद्यालयहरुमा विभिन्न समितिहरु बनाएर कार्यक्रम सञ्चालन गरिरहेको र गाउँपालिकाकी उपाध्यक्ष पुष्पा अवस्थीको संयोजकत्वमा बाल संरक्षण समिति समेत गठन गरिएको बताइएको छ । 

कमेन्ट लोड गर्नुस