सुदूर नेपाललाई विश्वसँग जोड्दै

त्रिदेशीय क्रिकेट सिरिज वैशाख पहिलो सातादेखि

२०७७ चैत्र १३, ०९:०५ रासस

नेपाल, मलेसिया र नेदरल्याण्ड सम्मिलित त्रिदेशीय बजाज पल्सर ट्राइ नेसन्स क्रिकेट सिरिज आगामी  वैशाखको पहिलो सातादेखि हुने भएको छ। 

वैशाख ४ देखि ११ गतेसम्म उक्त प्रतियोगिता कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ। राउण्ड रोबिन लिगका आधारमा खेलाइने उक्त प्रतियोगिताका शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालमा अन्तर्राष्ट्रिय सिरिज आयोजनाका लागि मलेसिया र नेदरल्याण्ड सहमत भएकामा खुशी व्यक्त गरे। 

कोरोना महामारीका कारण नेपाली राष्ट्रिय क्रिकेट टोलीले कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न पाएको छैन ।

यसबीचममा केही घरेलु प्रतियोगिता भने क्यानले सञ्चालन गर्न सफल भएको थियो। कोरोना भाइरसको सङ्क्रमणका कारण प्रतियोगितामा सहभागी हुने टोलीका सबै खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको अनिवार्य पीसीआर परीक्षण गरिने अध्यक्ष चन्दले बताए।
 

कमेन्ट लोड गर्नुस