सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा देवकोटा विजयी (मत परिणाम सहित)

२०७५ असोज १३, ०७:०५

कैलालीको अत्तरिया उद्योग बाणिज्य संघको अध्यक्षमा अशोक देवकोटा विजयी भएका छन्। अध्यक्षमा देवकोटा सहित संघका सवै पदाधिकारीमा देवकोटा नेतृत्वकै लोकतान्त्रीक प्यानलका उम्मेदवार विजयी भएका छन्। नयाँ नेतृत्वकोलागि बर्तमान उपाध्यक्ष टिकाराम आचार्य र बर्तमान महासचिब अशोकराज देबकोटा प्यानल सहित चुनाबी मैदानमा होमिएका थिए।

देवकोटाले ४ सय ५ मत पाए भने आचार्यले २ सय ३० मत पाए। यस्तै संघको उपाध्यक्ष उद्योगमा देवकोटा प्यानलकै कल्याण सिह बोहरा, उपाध्यक्ष वाणिज्यमा कविराज भट्ट, उपाध्यक्ष वस्तुगतमा कमल कठायत, महासचिवमा यज्ञराज जोशी, कोषाध्यक्षमा सितादेवी सोव, सचिवमा शंकर वहादुर खड्का विजयी भएका छन्।

यस्तै सदस्यमा पनि देवकोटा प्यानलकै देवराज भट्ट, दीलीप कुमार साउँद, दीपक बोहरा र रविन्द्र खनाल चयन भएका छन्। दोश्रो साधारण सभा अन्तरगत नयाँ नेतृत्व चयनका लागि हिजो मतदान भएको थियो। संघमा ७ सय ३१ सदस्य रहेकामा ६ सय ६८ जनाले मतदान गरेका थिए। 
कमेन्ट लोड गर्नुस