बझाङमा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम
धनगढी: बझाङमा स्वास्थ्यकर्मीहरुलाई पोषण सम्बन्धी तालिम दिन लागिएको छ ।
जिल्लाको वित्थडचिर गाउँपालीकामा बिहीबारदेखि वृहत पोषण विशेष कार्यक्रम सम्बन्धी स्वास्थ्यकर्मीहरुलाई आधारभुत क्षमता अभिवृद्धि तालिम दिन लागिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजित सो तालिम ७ दिनसम्म सञ्चाल हुने जनाइएको छ ।
गाउँघरमा कुपोषण सम्बन्धी जनचेतना फैलाउनुका साथै कुपोषित बालबालिकाहरुको स्वास्थ्य सुधारका निम्ति तालिमको आयोजना गरिएको बताइएको छ ।